आदरणीय कीर्तिपुर नगरपालिकाका मतदाताहरू

आदरणीय कीर्तिपुर नगरपालिकाका मतदाताहरू,

म, डा. नवरथ बानिया, आगामी उपनिर्वाचनमा स्वतन्त्र तर्फबाट मेयर पदमा उम्मेदवारी धोषणा गरेको छु।

आज नगरका विभिन्न ६ स्थानमा कोणसभा सम्पन्न भयो। स्वतन्त्रतर्फ मेरो उम्मेदवारीको चर्चासँगै यहाँहरुमा उत्पन्न भएको चासो र समर्थनले ज्यादै उत्साहित बनाएको छ। भौगोलिक, सांस्कृतिक, भाषिक र जनसांख्यिक विविधतायुक्त नगरपालिकाले एउटा निष्पक्ष र दलीय सिन्डिकेट भन्दा बाहिरको योग्य उम्मेदवारले सेवा गर्ने अवसरको प्रत्याभूति भएको महसुस गरेको छु। दलविहीन नगर नेतृत्वले देशभरि सञ्चार गरेको आशावादितालाई कीर्तिपुर नगरपालिकामा निरन्तरता दिने अठोट लाई बल पुगेको अनुभव गरेको छु।

“समग्र कीर्तिपुर- गर्बिलो कीर्तिपुर” को नारा सफलीभूत हुने आशा पलाएको छ।

हामी निरन्तर चुनावी अभियानमा छौ। घोषणा पत्रसहित यहाँहरूको घरदैलोमा आउने छौ। हाम्रा नगर निर्माणको अभियानमा यहाँहरूको साथ रहनेछ भन्ने विश्वास लिएको छु।

त्यसैले, आगे जनता जागे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *