कि न पा वडा नं ७ भाजंगलमा जन्मनु भएका डा. नबरथ बानियाँले जर्मनीको बर्लिन स्थित Humboldt University of Berlin बाट २००८ मा वातावरण विज्ञानमा बिध्याबारिधी गर्नु भएको हो। त्रि. बि. बि. बाट बनस्पति शास्त्र र जर्मनी कै fochhochschule Ederswalde बाट पर्यावरण व्यवस्थापन सहित दुईवटा स्नातकोत्तर उपाधी हासिल गर्नुभएका डा. बानियाँ बिशेषत लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँसँग देशका बिशिस्ट शैक्षिक सस्थाको ब्यबस्थापकिय जिम्मेवारि सम्हालेको अनुभव छ ।
करिब चार दशकदेखि कीर्तिपुरको सामाजिक सेवामा समर्पित यस क्षेत्रकै अग्रणी संस्था “नयाँ बजार कल्ब”को पुर्बउपाध्यक्ष तथा सक्रिय सदस्य डा. बानियाँ सोही समय देखी अनवरत रुपमा सामाजिक सेवामा संलग्न हुनु हुन्छ । यस भेगको पहिलो सार्बजनिक एम्बुलेन्स स्थापना, नाकाबन्दीको समयमा जनसेवा, ०७२ मा आएको बिनासकारी भुकम्पमा उद्दार तथा राहत बितरण, कोभिड माहामारीमा जनस्वास्थ्य ब्यबस्थापन लगाएत अनगिन्ती सामाजिक कार्यक्रममा उहाँको महत्त्वपूर्ण संलग्नता छ । साथै समग्र कीर्तिपुर नगरको खेल्कुद बिकासमा डा. बानियाँको योगदान सम्झन लायक छ ।
बिध्यार्थी काल देखी नै एउटा उन्नत राजनैतिक चेत बोकेका डा. बानियाँ २०४६ साल पछिका सबै राजनीति आन्दोलनमा होमिनुभएका एक सचेत योद्धा हुनु हुन्छ । गणतन्त्र स्थापना पश्चातका प्रत्येक राजनैतिक घटनाक्रमहरुलाइ मिहिन ढंगबाट विश्लेषण गर्ने डा. बानियाँ नेतृत्व गणको राजनैतिक चरित्रमा देखिएको स्खलन प्रति चिन्ता व्यक्त गर्नु हुन्छ । राजनीति र जनताको बीचमा देखिएको वैमनस्यता उपर खरो टिप्पणी गर्ने डा. बानियाँ भन्नू हुन्छ ” राजनीति सग्ङलो नहुनुको परिणाम नै बेथितिहरुले आकार ग्रहण गर्दै जानु हो।
प्रत्येक आबधिक निर्वाचनमा आफ्नो Ethical participation जनाउने डा. बानियाँ स्थानीय सरकारलाई दलिय चुनावी प्रक्रियाद्वारा परिपुर्ति गर्ने पद्धतिको खुलेर बिरोध गर्नु हुन्थ्यो । यसै सन्दर्भमा आफ्नो मातृभुमी कीर्तिपुर नगरपालिकामा हुने आगामी उपनिर्वाचन लाई “दल मुक्ति आदोलन” को नामाकरण गर्दै दल बिहिन उम्मेदवारको रुपमा आफ्नो वजिलो उपस्थिति देखाउदै हुनु हुन्छ ।
देशको दुई उपल्लो सरकारहरु दलिय हुनुपर्छ तर स्थानीय सरकारलाई कुनै पनि कोणबाट दलिय बनाउने संबैधानिक आसय नभएको बताउने डा. बानियाँ नगरपालिका प्रत्यक्ष निर्वाचित कार्यकारीद्वारा शासन गर्ने थलो हो भन्नेमा स्पष्ट हुनुहुन्छ। उहाँ लामो समय देखि सामाजिक संजाल मार्फत मतदाता जागरण फैलाउने कार्यमा ब्यस्त हुनु हुनुहुन्थ्यो । मेरो उम्मेदवारी यही पुनित कार्यको निरन्तरता हो” भन्दै सम्पुर्ण मतदाताहरुमा भोटको अपील गर्नु हुन्छ ।